Chess Competition-2083
Open

Chess Competition-2083

Friday, 07 August 2026
Kwality Foodland and Banquet
22 registered

About This Competition

 मितिः २०८३/०४/०२

आदरणीय प्रिन्सिपल÷डाइरेक्टरज्यू,
......................................................... विद्यालय

विषयः अन्तर विद्यालय बुद्धिचाल (चेस) प्रतियोगितामा सहभागी गराउने बारे ।

उपरोक्त सम्बन्धमा, अलार्म नेपालले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने विविध कार्यक्रम संचालन गर्दै आएको यहाँहरूलाई अवगत नै छ । सोहि कार्यको निरन्तरता स्वरूप अलार्म नेपालद्धारा तेस्रो अन्तर विद्यालय चेस प्रतियोगिता आयोजना गर्न लागेको हुँदा तपाईंको सम्मानित विद्यालयबाट विद्यार्थी सहभागी गराई कार्यक्रमलाई सफल बनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

Rules & Guidelines

प्रतियोगिता सम्बन्धि जानकारी
१. प्रतियोगितामा कक्षा ५, ६, ७ जुनियर तह ८, ९, १० सिनियर तहमा रहनेछन् । 
२. प्रत्येक विद्यालयले हरेक तहमा २ जना (१ जना छात्रा, १ जना छात्र) गरी जम्मा ४ जना सहभागी गराउनुपर्नेछ ।
३. प्रतियोगिताको लागि आवश्यक पर्ने सामान (चेस सेट) आयोजकले उपलब्ध गराउनेछ । 
४. प्रतियोगिताको लागि पठाइएको फाराम भरी मिति २०८३/०४/१८ गते अपरान्ह् ४ः०० बजे सम्ममा अलार्म नेपालको  
   अफिसियल वेवसाइट मार्फत दर्ता गरिसक्नुर्नेछ । त्यस पश्चात दर्ता भएका विद्यार्थीहरूलाई सहभागी गराउन आयोजक 
   वाध्य हुनेछैन । कृपया समयमा नै दर्ता गरिदिनुहुन अनुरोध छ ।
५. दर्ता शुल्क प्रति विद्यालय रू.२००० लाग्ने छ । उक्त शुल्क प्रतियोगिता हुने दिनमा भुक्तानी गर्नुपर्नेछ । 
६. प्रत्येक सहभागीलाई खाजा उपलब्ध गराइनेछ ।
७. प्रत्येक तहका पाचौँ देखि सातौँ (सहभागिता संख्या अनुसार) स्थान हासिल गर्ने विजेता विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र र साथै 
   प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी प्रदान गरिनेछ ।  
८. प्रतियोगिताका लागि थप नियम तपसिलमा भएबमोजिम हुनेछन् । 
९. कार्यक्रम तपसिल बमोजिम हुनेछ । 
मितिः २०८३/०४/२२ गते, शुक्रबार
स्थानः क्वालिटी फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, एकान्तकुना
उपस्थित हुने समयः बिहान १०ः०० बजे, प्रतियोगिता १०ः३० बाट सञ्चालन हुनेछ ।
        सम्पर्कः रचना बस्न्यात ९८४१६१०३१६, सरोज कुमार महत ९८५१०१८३३२, कन्हैया सिंह कुँवर ९८५१०७७८३८

 

कार्यक्रम संयोजक
 कन्हैया सिंह कुँवर

Registration

Registration Closed

This competition is no longer accepting registrations.

Details

Date
07 August 2026
Venue
Kwality Foodland and Banquet
Entry Fee
NPR 2,000.00
Registrations
22 participants
Categories
Senior Boys Senior Girls Junior Boys Junior Girls