Pinned Notice PDF Attachment

Table Tennis Tournament-2083

Published 28 August 2026

मिति: २०८२-०५-१०

आदरणीय प्रिन्सिपल / डाइरेक्टरज्यू,

……………………………………………………… विद्यालय

 

विषय: अन्तर विद्यालय टेवल टेनिस प्रतियोगितामा सहभागी गराउने बारे ।

 

उपरोक्त सम्बन्धमा अलार्म नेपालले विद्याथीहरूको प्रतिभा उजागर गर्ने विविध कार्यक्रम संचालन गर्दै आएको यहाँहरूलाई अवगत नै छ । सोहि कार्यको निरन्तरता स्वरुप ALARM Nepal को आयोजनामा जिल्ला व्यापी अन्तर विद्यालय टेवल टेनिस प्रतियोगिताको आयोजना गरिएको हुँदा तपाईँको सम्मानित विद्यालयबाट विद्यार्थी सहभागी गराई कार्यक्रम सफल बनाउनु हुन हार्दिक अनुरोध गर्दछौं ।


सहभागिता सम्बन्धि जानकारी

१. प्रतियोगीतामा प्रत्येक विद्यालयले कक्षा १० सम्म अध्ययनरत जम्मा ३ जना प्रतियोगी जसमा २ जना छात्र तथा १ जना छात्रा सहभागी गराउन पाउने छ । कुनै टीमका खेलाडीप्रति शंका भई प्रोटेस्ट परेमा माग गरेका सम्पुर्ण प्रमाण जटुाउनुपर्नेछ, अन्यथा टीम अयोग्य ठहरिनेछ ।

२. प्रतियोगीको नाम मिति २०८३-०५-१६ गते सम्ममा ALARM Nepal को वेवसाइटको कम्पिटिसन एण्ड रजिस्ट्रेसनमा  भरी दर्ता गरीसक्नुपर्नेछ । त्यस पश्चात दर्ता भएका विद्यार्थीहरूलाई सहभागी गराउन आयोजक वाध्य हुनेछैन । नाम दर्ता गर्दा आफ्नो विद्यालयको उत्कृष्ट खेलाडि देखि क्रमशः नाम पठाउनुपर्नेछ । 

३. प्रतियोगिता दर्ता शुल्क प्रति विद्यालय रु.१५०० लाग्नेछ जुन सोहि दिन प्रतियोगिता सुरु हुनु अगावै भुक्तानी हुनुपर्नेछ । प्रतियोगी विद्यार्थीहरूलाई आयोजकद्वारा खाजाको व्यवस्था गरिने छ ।

४. Tie sheet २०८३-०५-१७ गते दिनको ठीक ३ बजे बनाइने छ । Tie Sheet तयारी भइसकेपछी दर्ता भएको टीम प्रतियोगीतामा सहभागी हुन पाउनेछैन ।

५. प्रतियोगीताका लागि outfit, sports wear नै हुनुपर्नेछ । Shirt, Pant र छालाका जुत्ताको प्रयोग गर्न पाईने छैन । प्रतियोगीलाई आवश्यक पर्ने म र्‍याकेट प्रतियोगी आफैले व्यवस्था गर्नु पर्ने छ । 

६. प्रतियोगीताकालागि Table Tennis को General Rules लागु हुनेछन् ।

७. प्रतियोगीता Best of Three को आधारमा हुनेछ ।

८. प्रथम, द्वितीय र तृतीय (२ जना) स्थान हासिल गर्ने विजेता विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र र साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी प्रदान गरिनेछ ।

९. कार्यक्रम तपसिल बमोजिम हुनेछ ।

कार्यक्रम मितिः २०८२-०५- १८ गते बिहिबार
स्थानः क्वालिटी फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, एकान्तकुना
उपस्थित हुने समयः बिहान १०:०० बजे
प्रतियोगिता सुरू हुने समय : १०:३० बजे


थप जानकारीको लागिः रचना बस्न्यात -९८४१६१०३१६, गोबिन्द अधिकारी -९८४१७२१३०४, सरोज कुमार महत९८५१०१८३३२ - इन्दिरा शर्मा

९८१४४८९७८८


अध्यक्ष                                                                                 कार्यक्रम संयोजक

रचना बस्न्यात                                                                        इन्दिरा शर्मा