आदरणीय प्रिन्सिपल/डाइरेक्टरज्यू, ……………………………. विद्यालय ।
विषयः अन्तर विद्यालय हस्तलेखन प्रतियोगितामा सहभागी गराउने बारे ।
उपरोक्त सम्बन्धमा अलार्म नेपालले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने विविध कार्यक्रम संचालन गर्दै अएको यहाँहरूलाई अवगत नै छ । सोहि कार्यको निरन्तरता स्वरुप ALARM NEPAL को आयोजनामा अन्तर विद्यालय हस्त लेखन प्रतियोगिताको आयोजना गरिएको हुँदा तपार्इंको सम्मानित विद्यायालयबाट विद्यार्थी सहभागी गराई कार्यक्रम सफल बनाउनु हुन हार्दिक अनुरोध गर्दछौँ ।
प्रतियोगिता सम्बन्धि थप जानकारी
१. प्रतियोगीतामा कक्षा १, २ Group A, कक्षा ३, ४ Group B, कक्षा ५, ६ र ७ Intermediate र कक्षा ८, ९ र १० Senior Group मा रहनेछन् ।
२. प्रत्येक विद्यालयले हरेक Group मा २ जना (१ जना नेपाली र १ जना अंग्रेजी लिपीमा लेख्ने) प्रतियोगी सहभागी गराउनु पर्नेछ ।
३. प्रतियोगितामा प्रतियोगीलाई आवश्यक पर्ने Pencil, Jel Pen तथा Loose Sheet आयोजक टीमले उपलब्ध गराउने छ, अन्य समाग्री प्रतियोगी स्वयम्ले व्यवस्था गर्नुपर्नेछ । Junior Group A र Junior Group B को लागि पेन्सिल तथा अङ्ग्रेजी लिपिका लागि Four lined loose sheet र नेपालीका लागि Two lined loose sheet उपलब्ध गराइनेछ भने बाँकी अरुकालागि Jel Pen तथा Two lined loose sheet उपलब्ध गराइनेछ।
४. हस्तलेखनकोे लागि ३० मिनेटको समय प्रदान गरीनेछ । उक्त समय भित्रमा उपलब्ध गराइएको अनुच्छेद अनिवार्य लेखिसकेको हुनुपर्नेछ ।
५. प्रतियोगी दर्ता मिति २०८३–०३–०१ गते अपहरान्ह् ४:०० बजे सम्ममा संस्थाको वेव साइट alarmnepal.com को Competition ट्याबमा गई विद्यार्थीको नाम भरी गरिसक्नुपर्नेछ । त्यस पश्चात दर्ता भएका प्रतियोगीलाई सहभागी गराउन आयोजक वाध्य हुनेछैन ।
६. दर्ता शुल्क प्रति विद्यालय रु २,५०० लाग्ने छ । प्रत्येक सहभागीलाई खाजा उपलब्ध गराइनेछ ।
७. प्रत्येक समुहका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई मेडल तथा प्रमाण–पत्र साथै सम्पूर्ण सहभागी विद्यार्थीलाई सहभागिताको प्रमाण–पत्र प्रदान गरिनेछ । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफि प्रदान गरिनेछ ।
८. कार्यक्रम तपसिल बमोजिम हुनेछ ।
मितिः २०८३–०३–०५ गते शुक्रबार
स्थानः क्वालिटी फुडल्याण्ड एण्ड बैंक्वेट, एकान्तकुना
उपस्थित हुने समयः बिहान ठीक १०:३० बजे
सम्पर्कः अध्यक्षः रचना बस्न्यात ९८४१६१०३१६, उपाध्यक्षः गोबिन्द अधिकारी ९८४१७२१३०४, सचिवः सरोज कुमार महत ९८५१०१८३३२
कार्यक्रम संयोजक
सरोज कुमार महत